KhabarUjyalo

धनगढी पुगेर नेपालले भने; सुदूरपश्चिमको नेतृत्व समाजवादीले गर्छ

२७ असार २०७९, सोमबार
धनगढी पुगेर नेपालले भने; सुदूरपश्चिमको नेतृत्व समाजवादीले गर्छ

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व समाजवादीले गर्ने बताएका छन्।

सोमबार बिहान प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ठूलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन्।

अन्य दलको समर्थन पाएमा समाजवादी सरकारको नेतृत्व लिन तयार रहेको उनको भनाइ थियो। प्रदेश सरकारको नेतृत्वका लागि एकीकृत समाजवादी पार्टीले दाबी गरेको विषयमा धारणा राख्दै उनले उक्त दाबी स्वाभाविक भएको पनि बताए।

अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ। यहाँ अहिले माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo