KhabarUjyalo

मेयर बालेन्द्र शाहले भेट मेयरकी प्रतिस्पर्धी सिर्जना सिंहलाई !

२५ असार २०७९, शनिबार
मेयर बालेन्द्र शाहले भेट मेयरकी प्रतिस्पर्धी सिर्जना सिंहलाई !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसको तर्फबाट मेयरकी प्रतिस्पर्धी सिर्जना सिंहसँग भेट गरेका छन्।

शनिबार बालेन्द्र र सिंहबीच भेटवार्ता भएको हो। गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनीहरु दुईजना एक अर्काका प्रतिस्पर्धी थिए। 

सिंह सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार थिइन्। स्वतन्त्रबाट उठेका बालेन्द्र सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्। 

उनीहरुबीचको भेटमा सिंहले चुनावका क्रममा घोषणापत्रमा ल्याएका योजना पूरा गर्ने प्रतिबद्धता मेयर शाहले गरेका छन्। 

सिंहले काठमाडौंका सार्वजनिक क्षेत्रमा निःशुल्क खानेपानी व्यवस्था गर्ने एजेण्डा अघि सारेकी थिइन्। त्यसबारे छलफल गरेर काम गर्ने शाहले प्रतिवद्धता जनाएका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo