KhabarUjyalo

चुनावमा पैसाको खोलो बग्छ, इमान्दारले लड्न गाह्रो छ : सभामुख सापकोटा

२५ असार २०७९, शनिबार
चुनावमा पैसाको खोलो बग्छ, इमान्दारले लड्न गाह्रो छ : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका युवाहरूले अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उहाँले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको हो ।

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘सङ्घीय नमूना युवा संसद् अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । 

सभामुख सापकोटाले धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गर्नुभयो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको पनि सभामुख सापकोटाको भनाइ छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo