KhabarUjyalo

नवनियुक्त वनमन्त्री यादवलाई गृहनगरमा चाँदीको मुकुट र ५१ किलोको माला लगाएर स्वागत

२५ असार २०७९, शनिबार
नवनियुक्त वनमन्त्री यादवलाई गृहनगरमा चाँदीको मुकुट र ५१ किलोको माला लगाएर स्वागत

काठमाडौ : नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद यादव मन्त्री बनेर पहिलोपटक गृहजिल्ला पर्सा पुगेपछी उनलाई चाँदीको मुकुट र ५१ किलोको माला  लगाएर स्वागत गरिएको हो। मन्त्री यादवलाई जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र वीरगञ्ज महानगर कमिटिका अध्यक्ष इश्वरचन्द्र यादवलगायतले माला र प्रमाण पत्रले सम्मानित गरेका छन् । 

सम्मान पश्चात कार्यक्रममा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री यादवले समय कम हुँदाहुँदै पनि आफूले विकास निर्माणको कामलाई प्राथमिकताका साथ् अगाडि बढाउने बताए । “समय कम छ मलाई थाहा छ, हामी निर्वाचनको मुखमा उभेका छौँ । तर कम समयका वावजुद धेरै काम गर्नुपर्ने छ र जिल्लाको विकासलाई प्रथामिकताका साथ् अगाडि बढाउनु छ,’ मन्त्री यादवले भने । 

कार्यक्रममा स्थानीय तहमा जसपाबाट निर्वाचित वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समितिको सभापति निरञ्जन साह सोनार, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, धोविनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ट कुमार गुप्तालगायत सम्पूर्ण जनप्रतिनिधिलाई पनि सम्मान गरिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo