KhabarUjyalo

प्रधानमन्त्री पुत्रको कम्पनिले भन्यो, सेनेटरी प्याड आयात गर्दैनौँ, भ्रामक समाचार भएको दावी

२५ असार २०७९, शनिबार
प्रधानमन्त्री पुत्रको कम्पनिले भन्यो, सेनेटरी प्याड आयात गर्दैनौँ, भ्रामक समाचार भएको दावी


काठमाडौं । ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यमहरुमा सेनेटरी प्याड आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यमहरुले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि शनिबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले बच्चाहरुका लागि डाइपरमात्रै आयात गर्ने गरेको स्पष्ट पारेको हो ।

‘विभिन्न सञ्चारमाध्यमहरुमा ब्लुप्रिन्ट ट्रेडिङ प्रालिका विषयमा विनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरुका लागि प्रयोग हुने डाइपर आयात गर्ने कम्पनी हो’, कम्पनीका प्रवन्ध निर्देशक हेमन्त बजगाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यमहरुमा सेनेटरी प्याड आयात गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर आपत्ति छ । ब्लुप्रिन्ट ट्रेडिङले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयात गरेको छैन ।’

‘विनाआधार हाम्रो कम्पनीको मानहानी हुने गरी प्रकाशित/प्रशारित समाचार गलत भएको यसै विज्ञप्तिमार्फत आम नागरिकलाई जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमहरुलाई विनाआधार र प्रमाण यस्ता समाचार प्रकाशन गर्दा हाम्रो संविधानले दिएको प्रेस तथा वाक स्वतन्त्रताको दुरुपयोग हुनुका साथै सञ्चारमाध्यमहरुकै विश्वसनीयतामा प्रश्न उठ्ने हुँदा तथ्य र प्रमाणका आधारमा मात्रै समाचारहरु प्रकाशन गर्न पनि हामी अनुरोध गर्दछौं ।’

केहि दिन अघि प्रधानमन्त्री देउवाका पुत्रको नाम जोडेर सेनिटरी प्याडमा सरकारले भन्सार कर छुट दिएको समाचार आएको थियो ।

यो कम्पनिमा प्रधानमन्त्री शेरवहादुर देउवाका सुपुत्र जयविर सिंह देउवाको नाममा ७० प्रतिशत र हेमन्त बजगाईँका नाममा ३० प्रतिशत शेयर रहेको जनाइएको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo