KhabarUjyalo

प्रधानमन्त्री देउवाका ज्योतिषीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको उत्तम मिति तोके

२३ असार २०७९, बिहीबार
प्रधानमन्त्री देउवाका ज्योतिषीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको उत्तम मिति तोके

निर्वाचन आयोगले २ मंसिरमा एकै चरणमा प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिएका हुन् । एक सय २० दिनअगाडि नै निर्वाचनको मिति तोक्न आयोगको सुझाव छ ।

यता ज्योतिषशास्त्रअनुसार ३० कात्तिक, अनि २, ४, ८ र १० मंसिरमा उपयुक्त दिन छ । मंसिर प्रधानमन्त्रीका लागि लक्की महिना पनि हो । ७ मंसिरमा औँसी परेको छ ।

त्यसैले ६ र ७ मंसिरलाई छल्नुपर्ने हुन्छ । ८ मंसिरपछि कुलपूजा पर्ने भएकाले त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ । मंसिर २ र ४ को मिति बढी उत्तम छ । मैले प्रधानमन्त्रीको सचिवालयमार्फत निर्वाचनको मितिबारे कुराकानी गरेको हुँ । केही दिनमा निर्वाचनको मिति घोषणा होला ।

त्यस्तै आयोगले आगामी मंसिर २ गते आम निर्वाचनका लागि सरकारलाई सिफारिस गरेको छ। सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ।

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग निर्वाचनकाे तयारीबारे छलफल गरेका हुन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo