KhabarUjyalo

जर्नादन शर्मालाई अर्थमन्त्रीबाट हटाउने तयारी

२१ असार २०७९, मंगलवार
जर्नादन शर्मालाई अर्थमन्त्रीबाट हटाउने तयारी

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मा पदबाट हटाइने भएका छन् । उनी बजेट निर्माणमा करको विषयमा विवादमा परेकाले हटाइने बुझिएको छ ।

आज नेकपा माओवादी केन्द्रको बैठकमा पनि जर्नादनलाई हटाउनुपर्ने माग उठेको छ । सत्ता गठबन्धनको नेपाली काँग्रेसका नेताहरूले पनि उनलाई हटाउन माग गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई हटाउनेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरिसकेको बुझिएको छ ।

अर्थमन्त्रालयमा बजेटसँग असम्बन्धित व्यक्ति रातारात छिरेको विषय चर्चामा छ । त्यसको सिसिटिभी गायब बनाइएको विषय चर्चामा छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo