KhabarUjyalo

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

१९ असार २०७९, आईतवार
तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन उनीहरूबीच हात्तीवनस्थित एक अपार्टमेन्टमा भेट भएको बताइएको छ।

नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको स्रोतले बताएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo