२४ श्रावण २०७९, मंगलवार

ओलीले दिए किसानलाई १५ वर्षमा १० करोड कमाइ हुने टिप्स

१८ असार २०७९, शनिबार
[Sassy_Social_Share]
ओलीले दिए किसानलाई १५ वर्षमा १० करोड कमाइ हुने टिप्स

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बढी प्रतिफल दिने किसिमका वनस्पति तथा कृषि बस्तुको उत्पादनमा लाग्न जोड दिएका छन् । शनिवार काठमाडौँमा एमाले निकट किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आधुनिक नगदे बाली प्रशोधित ढङ्गले बेच्ने, उच्च मूल्य भएका काठहरू लगाउने, त्यसको औषधीय मूल्य, उच्च मूल्य भएका अत्तर बनाउने काठ, धार्मिक मूल्य भएका बस्तुको उत्पादनबाट किसानले मनग्गे आम्दानी गर्न सक्ने बताए ।

उनले भने–‘हामीले ठूलो मात्रामा तुलसी लगाउन सक्यौँ र तुलसीको पात मात्रै बेच्न सक्यौँ भने जापान कोरियामा रुपैयाँको हिसाबले एउटा पातको ५ रुपैयाँ पर्न जान्छ । ठूलो परिणाममा उत्पादन गर्न सक्नुपर्‍यो, एक मुठ्ठी पात लिएर त तपाईं जापान जान सक्नुहुन्न । थोरै उत्पादन गर्न सरकारले अनुमति पनि दिँदैन त्यसकारण ठूलो परिणाममा उत्पादन गर्नुपर्‍यो ।’

हामीले सरकार छोडेपछि ४९ अर्बको चामल कसरी आयात भयो उनले नेपालमा धेरै मूल्य पाइने वनस्पतिको खेती गर्न र त्यसबाट करोडौं रुपैयाँ आम्दानी गर्न सकिने बताए । अध्यक्ष ओलीले भने–‘हामीसँग चिराइतोदेखि लिएर थुप्रै कुराहरू छन् । खेतीमा फलफूल लगाऔँ, रुखहरू लगाऔँ, श्रीखण्ड पनि लगाऔँ, हामीले २ कठ्ठामा श्रीखण्ड लगायौँ र २ बिघामा अरू लगायौँ भने १५ वर्षपछि श्रीखण्डले १० करोड त पक्कै पनि दिन्छ ।

१० करोड एकमुस्ट आउँछ, हामी त्यो फाइदा लिन सक्छौँ । अगरउड हुन्छ १५ वर्षपछि त्यसले त्यस्तै उत्पादन दिन्छ । काठमा दामी काठका लागि बिरुवाहरू रोप्न सकिन्छ । रक्तचन्दन पनि हुन्छ, त्यसको कानुनी व्यवस्था के छ त्यसलाई मिलाउनुपर्ला । यार्सागुम्बाका कुराहरू छन् । मलेसिया, सिंगापुर जस्ता देशले तापक्रम मिलाएर यार्सागुम्बाको खेती गर्न थालेको बताए । नेपालको उच्च भूभागमा ‘ओरिजिनल’ यार्सागुम्बा हुने बताउँदै त्यस्ता चिजहरूको खेतीमा जोड दिनुपर्ने बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo