KhabarUjyalo

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रधानमन्त्री देउवाको घोषणा

१८ असार २०७९, शनिबार
निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रधानमन्त्री देउवाको घोषणा

बारा । गठबन्धनका शीर्ष नेताहरू बाराकाे निजगढमा पुगेका छन् । उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिवार निजगढ पुगेका हुन् । साे क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा गरेका छन् ।

शनिबार निजगढ पुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।

निरीक्षणपछि प्रधानमन्त्रीसहित नेताहरुले निजगढ विमानस्थल बनाएरै छाड्ने घोषणा गरे ।

दुई वटा रनवे सहितको विमानस्थल बनाइने बताउँदै प्रधानमन्त्री देउवाले कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्ने बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैससाले विमानस्थल निर्माणमा रोक नलगाएको बताए । उनले निजगढ विमानस्थल राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि भएको बताउँदै विमानस्थल बनाउने बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउनुपर्नेमा जोड दिए । सर्वोच्च अदालतको फैसलाले विमानस्थल बनाउने बाटो खोलेको बताउँदै नेपालले प्राकृतिक स्रोत साधनको कम क्षति सहित निजगढमा विमानस्थल बनाउनुपर्ने धारणा राखे ।

निरीक्षण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि रहेका थिए ।

शीर्ष नेताहरूलाई विमानस्थलबारे विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले जानकारी गराएका छन् । वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले निर्माण क्षेत्रको निरीक्षण गरेका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo