KhabarUjyalo

पतिलाई फकाउन पत्नीलाई मन्त्री

१८ असार २०७९, शनिबार
पतिलाई फकाउन पत्नीलाई मन्त्री

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता अशोक राईलाई फकाउन राईकी पत्नी सुशीला श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन् । यद्यपि श्रेष्ठ सांसद होइनन् ।

जसपाले निर्वाचन आयोगमा पठाएको समानुपातिक सूचीमा श्रेष्ठको नाम राखेको थियो । तर उनले समानुपातिक सांसद हुने मौका पाइनन् । जसपा स्रोतका अनुसार विशेष परिस्थिति भन्दै यादवले श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन् ।

यादवनिकट एक नेताले भने, पार्टीभित्र उत्पन्न विशेष परिस्थितिमा उहाँ (यादव) ले सुशील श्रेष्ठज्यूलाई मन्त्रीमा सिफारिस गर्न खोज्नुभएको हो । यो बाध्यता प्रधानमन्त्रीले पनि बुझ्नुपर्छ। प्रधानमन्त्रीलाई कार्यकारिणी अध्यक्षज्यूले कन्भिन्स गर्नुपर्छ।

पार्टीमा आफ्नो पक्षको प्रस्ट बहुमत देखाउन यादवले राईलाई फकाउन लागेका हुन्। राईले डा. बाबुराम भट्टराईलाई साथ नदिने हो भने भट्टराई पक्षसँग संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुग्दैन ।

यादवनिकट अर्का एक नेताले भने, ‘राई हाम्रो पक्षमा खुल्नुभयो भने उहाँहरूसँग ४० प्रतिशत परै जाओस् । २० प्रतिशत पनि पुग्दैन । सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याए पनि केही फरक पर्दैन।’

आजको नागरिक दैनिकमा समाचार छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo