२४ श्रावण २०७९, मंगलवार

ओलीको भविष्यवाणी हावादारी, ज्योतिषको हवला दिएर समाजलाई त्रसित !

१७ असार २०७९, शुक्रबार
[Sassy_Social_Share]
ओलीको भविष्यवाणी हावादारी, ज्योतिषको हवला दिएर समाजलाई त्रसित !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि असार १७ गते राजनीतिक उलटफेर हुने भविष्यवाणी गर्नुभएको थियो । उहाँको सरकार नै फेरिनेसम्मको भविष्यवाणीमा टिकाटिप्पणी नै भयो । असार १७ गते आइपुग्दा न देउवा सरकार ढल्यो, न ढल्ने संकेत नै देखिन्छ ।

यो एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १७ गते सत्तारुढ गठबन्धन टुक्रिने र सरकार नै फेरिने भविष्यवाणी गरेको क्यामेरामा रेकर्डेड दृश्य हो । पत्रकार विजयकुमार पाण्डेले लिएको यो अन्तर्वार्ता वैशाख २० गतेतिरको हो । तर, यसको प्रसारण वैशाख २६ गते भएको थियो ।

पत्रकार विजयकुमारसँग भविष्यवाणी गरेका ओलीले वैशाख २२ गते विराटनगरमा पनि यस्तै असार १७ गते उलटफेर हुने भविष्यवाणी गर्नुभएको थियो ।

स्थानीय चुनावको पूर्वसन्ध्यामा ओलीले भविष्यवाणी मात्र गर्नुभएन, प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो ज्योतिषीसँग परामर्श गर्न पनि सुझाव दिनुभयो ।

ओलीले अन्तर्वार्तामा मात्रै होइन, पार्टीका सार्वजनिक कार्यक्रममा समेत असार १७ गतेका लागि आफूले गरेको भविष्यवाणीबारे चर्चा गर्नुभएको थियो ।

ज्योतिषीको हवला दिँदै गर्नुभएको भविष्यवाणीले एमालेका कार्यकर्ता उत्साहित देखिन्थे भने विरोधीहरूले उडाएर सामाजिक सञ्जाल रंग्याउन व्यस्त भए । उहाँले भविष्यवाणी गरेजस्तो असार १७ सम्म आइपुग्दा सत्तारुढ गठबन्धन भत्किएको छैन नत कुनै राजनीतिक उलटफेरकै संकेत देखिएको छ ।

हो, सत्तारुढ गठबन्धनका घटक जनता समाजवादी पार्टीमा विवाद देखिएको छ । अन्य सत्ता घटकमा सामान्य विवाद मात्र देखिन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले वाम एकताको कुरा गरेपनि खासै ठोस रुप लिएको छैन । त्यसैले ओली भविष्यवाणि हावादारीमात्र भएको बुझ्न कुनै कठिन छैन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo