KhabarUjyalo

चुनाव लड्ने चर्चामा रहेका राजेश हमालले प्रचण्डलाई भेटे !

१७ असार २०७९, शुक्रबार
चुनाव लड्ने चर्चामा रहेका राजेश हमालले प्रचण्डलाई भेटे !

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।

भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उनका अनुसार भेटवार्ता करिब आधा घण्टा भएको थियो । भेटवार्तामा राजनीतिको विषयमा कुराकानी पनि भएको स्रोतले जनाएको छ । हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत गरेका थिए । यदि परिस्थितिले मागेको खण्डमा आफू राजनीतिमा आउन नहुने कुनै कारण नरहेको उनको भनाइ थियो । प्रचण्डले राजेश हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ। लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको हो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo