धनगढी: नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति तथा नेपाली काग्रेस बिपीका नेता कर्णबहादुर मल्लले शेरबहादुर देउवासँग चुनाव लड्ने बताएका छन्। उनले नेपाली काँग्रेसका सभापति तथा प्रधनमन्त्री शेरबहादुर देउवासंग संघीय चुनावमा डडेल्धुराबाट उम्मेदवारी दिने बताएका हुन्।
एक टेलिभिजनलाई अनतर्वार्ता दिदै उनले देउवासँग चुनाव लड्ने घोषणा गरे। काँग्रेस डडेल्धुराका पूर्व सभापति भएका मल्लले पार्टीको अधिवेशनमा पार्टीको विधान विपरीत कार्य गरेको भन्दै सदस्य समेत नरहने गरि पार्टीबाट हटाइएको थियो । स्थानीय तहको निर्वाचनमा काग्रेस बिपीलाई पुनः स्थापित गरेर पार्टीमा संगठन निर्माणमा लागेका छन् ।
