
डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ स्थित गणेश माध्यमिक विद्यालयले आफ्नो ७१ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
विद्यालयले बुधबार सांस्कृतिक कार्यक्रमसहित ७१ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा विद्यालयले परिक्षामा उत्कृष्ट हुने विद्यार्थी, खेलकुद उत्कृष्ट हुने विद्यार्थी, उत्कृष्ट शिक्षक, अभिभावक लगायतलाई समेत सम्मान गर्दै पुरस्कृत गरेको छ ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र कार्कीले स्कुललको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्कीले विद्यालयको शिक्षा गुणस्तर सुधारमा शिक्षकसंगै अभिभावकहरुको पनि महत्त्वपूर्ण भुमिका रह्ने जोड दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर देउवाको सभापतित्वमा प्रमुख अतिथि गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र कार्की, बिशिस्ट अतिथिमा उपाध्यक्ष ज्ञानु सेठी देउवा, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार तामाङ, गाउँपालिका शिक्षा शाखा प्रमुख तस्विरसिंह घटाल, वडा नम्बर २ का वडाध्यक्ष मनोजकुमार देउवा लगायत गाउँपालिका भित्रका विभिन्न विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको सहभागीता रहेको थियो ।
