KhabarUjyalo

भारतमा सडक दुर्घटनामा परी बैतडीकी एक महिलाको मृत्यु

१२ असार २०८१, मंगलवार
भारतमा सडक दुर्घटनामा परी बैतडीकी एक महिलाको मृत्यु

बैतडी–सडक दुर्घटनामा परी बैतडी घर भएकी एक महिलाको भारतमा मृत्यु भएको छ ।

बैतडीको सिगास गाउँपालिका ७ न्वाघर घर भई हाल रोजगारीको सिलसिलामा भारतमा बेंगलोरमा रहेकी दुर्गा साउँदको सडक दुर्घटनामा परेर मृत्यु भएको हो ।

सोमबार दिउँसो ४ बजेतिर सडक क्रस गर्ने क्रममा टिप्परले किचेर दुर्गाको मृत्यु भएको आफन्त धनमती ऐरले बताइन् ।

विगत चारपाँच बर्षदेखि रोजगारीका लागि श्रीमान प्रेम साउँदसंगै बेंगलोरमा रहेकी दुर्गाको मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ । मृतक साउदको एक छोरा रहेको बताइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo