KhabarUjyalo

कैलालीमा लागूऔषधसहित डडेल्धुराका दुई युवक पक्राउ

१२ असार २०८१, मंगलवार
कैलालीमा लागूऔषधसहित डडेल्धुराका दुई युवक पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित डडेल्धुरा २ ना पक्राउ परेका छन्।

कैलालीको चुरे गाउँपालिका–६ फल्टुडे पोस्ट नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका–२ कुस्माली बस्ने २१ वर्षीय ललित ऐर र १६ वर्षीय किशोर सोमवार पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले ललित ऐरको साथबाट १५० मिलिग्राम लागूऔषध )खैरो हेरोईन)बरामद गरि दुवै जनालाई पक्राउ गरिएको हो। उनीहरु सवार १ थान मोटरसाईकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo