KhabarUjyalo

गन्यापधुरा गाउँपालिकाले ल्यायो ४१ करोड १४ लाखको बजेट !

११ असार २०८१, सोमबार
गन्यापधुरा गाउँपालिकाले ल्यायो ४१ करोड १४ लाखको बजेट !

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि ४१ करोड १४ लाख ६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

गाउँपालिकाको १८ औँ गाउँसभाबाट नीति तथा कार्यक्रम तथा बजेट कार्यक्रम ल्याएको हो ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरी सुरु भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेठीले आगामी आव. ०८१/०८२ का लागि बजेट कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

जसमध्ये चालू खर्चतर्फ २६ करोड ९० लाख ६५ हजार ७ सय १४ रुपैया छ भने पुँजीगततर्फ १४ करोड २३ लाख ४० हजार २ सय ८६ रुपैया विनियोजन गरिएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गर्दै गाउँ अधिवेशन सम्पन्न भएको गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले जानकारी दिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo