KhabarUjyalo

माधव नेपालले दिए एकीकृत समाजवादीका मन्त्रीलाई डेढ घण्टा प्रशिक्षण

१५ असार २०७९, बुधबार
माधव नेपालले दिए एकीकृत समाजवादीका मन्त्रीलाई डेढ घण्टा प्रशिक्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । सरकारमा सहभागी चार जना मन्त्री र एक राज्यमन्त्रीलाई अध्यक्ष नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् ।

बुधबार बिहान पार्टी कार्यालय तीनकुनेमा मन्त्री भएपछि के गर्ने ? के नगर्ने भनेर मन्त्रीहरुलाई प्रशिक्षण दिइएको बताइएको छ । यसअघि मन्त्री भएकाहरुलाई पनि अध्यक्ष नेपालले प्रशिक्षण दिएका थिए ।

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सरकारमा सहभागी छन् । उनीहरुलाई करिब डेढ घण्टा अध्यक्ष नेपालले प्रशिक्षण दिएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo