प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटघाटका लागि देउवा शीतल निवास पुगेको उनको सचिवालयले जनाएको छ।
देउवा मंगलबार साँझ साढे ५ बजे शीतल निवास छिरेका थिए। आगामी आर्थिक वर्षको बजेट पास भइसकेपछि देउवा शीतल निवास पुगेका हुन्।
सोमबार मात्रै आफ्नो क्याबिनेटमा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री देउवाले हेरफेर गरेका थिए।
जनता समाजवादी पार्टीले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
