काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको छ ।
गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्नुभएका गौतम पार्टीको संयोजक बन्नुभएको छ । भने ७५ जना केन्द्रीय सदस्य रहेका छन् ।
७५ सदस्यीय केन्द्रीय समितिमा भक्तपुरका ३ जना केन्द्रीय सदस्य अटाएका छन् । जसमध्ये दिपेश न्यौपाने र पविता लिम्बु श्रीमान् श्रीमती हुन् । अर्का केन्द्रीय सदस्यमा भने थिमीका डा प्रकाशमान श्रेष्ठ रहेका छन् ।
आफ्नो श्रीमती र छोरालाई समेत केन्द्रीय समितिमा पुर्याएका अध्यक्ष गौतमले भक्तपुरबाट पनि श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बनाएका हुन् । उनकी पत्नी र छोरा पनि अटाएका छन्। नेकपा एकता राष्ट्रिय अभियानको संयोजकमा गौतम छन् भने सचिवमा डिबी कार्की रहनेछन्।
नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका उहाँले एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुभएको हो ।
