काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। देउवाको क्याबिनेटमा अर्का एकजना गैरसांसदलाई मन्त्री बनाएका छन् । अछाम घर भएका शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका हुन् । उनी एकीकृत समाजवादीको केन्द्रीय नेता हुन् उनी यसअघि राष्ट्रियसभा सदस्य थिए। गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेर उनी सांसदबाट हटेका थिए।
यसअघि एकजना गैरसांसदलाई देउवाले कानुनविद् गोविन्द बन्दीलाई कानुनमन्त्री बनाएका थिए।
आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका हुन्।
