KhabarUjyalo

देउवाद्वारा मन्त्रिपरिषद पुनर्गठन, सँगै एकीकृत समाजवादीका मन्त्री हेरफेर

१२ असार २०७९, आईतवार
देउवाद्वारा मन्त्रिपरिषद पुनर्गठन, सँगै एकीकृत समाजवादीका मन्त्री हेरफेर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।

नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजिनामा दिएका छन्। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले मन्त्रीका रुपमा आफूले ९० प्रतिशत सफलता हासिल गरेको बताएका छन्।

यस्तै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छिन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी हुन्।

पार्टीले सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo