KhabarUjyalo

पार्टीको इमानदार सिपाही हुँ, निर्णय मान्छु भन्दै आलेले बुझाए राजिनामा पत्र

१२ असार २०७९, आईतवार
पार्टीको इमानदार सिपाही हुँ, निर्णय मान्छु भन्दै आलेले बुझाए राजिनामा पत्र

काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।

उनले भने– ‘म पार्टीको इमानदार सिपाही हुँ । त्यसैले पार्टीले गरेको निर्णय मान्छु । विभिन्न कारण मन्त्री फेर्ने पार्टीको निर्णय अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या भएको हो । म समस्यको कारण बन्न चाहन्न । त्यसैले अध्यक्षलाई राजीनामा बुझाएको हुँ ।’

आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo