KhabarUjyalo

एमालेका १० भाइलाई नेपालको चेतावनी – तिमीहरु दास हौ, हामीलाई धारेहात नलगाऊ

११ असार २०७९, शनिबार
एमालेका १० भाइलाई नेपालको चेतावनी – तिमीहरु दास हौ, हामीलाई धारेहात नलगाऊ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यप्रति तीब्र आक्रोश पोखेका छन् ।

नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गरे ।

अध्यक्ष नेपालले भने– नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपथ्र्यो कि राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिले म कथित १० भाइका कुरा सुन्दैछु,उनीहरुको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु । उनीहरु त्यहाँ दास भएर बसेका छन्, पदीय गरिमका सम्मान पाएका छैनन् तर पनि दास भएर बसेका छन् । म चेतावनी दिन्छु हामीलाई धारेहात लगाउँने दुस्साहस नगरुन् । दिमागबाट नसा उत्रेछेको छैन ? तथााम लेखिरहेका छन्,दास भएर बसेका छन्, पदीय गरिमाको सम्मान पाएका छैनन् । धारेहात लगाउँने दुस्सासह नगरुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo