KhabarUjyalo

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्का मनोनीत

१० असार २०७९, शुक्रबार
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्का मनोनीत

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मनोनि‍त भएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।

पार्टीको विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७६को नियम ३३ बमोजिम खड्कालाई कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनित गरिएको हो ।

यसअघि वैशाख ३० गते सकिएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले पार्टी उपसभापति खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo