KhabarUjyalo

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता मुकुल ढकाल

१० असार २०७९, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता मुकुल ढकाल

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्।

रवि लामिछानेको नेतृत्वका उक्त पार्टी गठनको घोषणा भएको थियो। निर्वाचन आयोगमा लामिछानेलगायतले उक्त पार्टी दर्ताका लागि निवेदन दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्।

रवि लामिछानेको नेतृत्वका उक्त पार्टी गठनको घोषणा भएको थियो। निर्वाचन आयोगमा लामिछानेलगायतले उक्त पार्टी दर्ताका लागि निवेदन दिएका थिए।

पार्टी गठनको घोषणापछि आज पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्न लागेको छ।

प्रवक्ता ढकालको हस्ताक्षरसहित पत्रकार सम्मेलन भन्दै पार्टीले पत्र सार्वजनिक गरेको छ। आज अपरान्ह ४ बजे रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन हुने ढकालले उल्लेख गरेका छन्।

विराटनगरका ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन्। लामिछानेको पहलमा उक्त अस्पताल बनेको थियो।

लामिछानेले आफ्नो पार्टीमा २१ जना रहेको बताए पनि को-को छन् खुलाएका थिएनन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo