काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू आगामी निर्वाचनमा चितवन, झापा र डडेल्धुराबाट उठ्न सक्ने बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिन आफू सक्षम रहेको बताए ।
‘शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा, पुष्प कमल दाहालको निर्वाचन क्षेत्र चितवन र केपी ओलीको निर्वाचन क्षेत्र झापा मध्य एक ठाउँबाट निर्वाचन लड्ने आँट गरे यो स्वागत योग्य छ। मेरो लक्ष्य पनि ३ नेतालाई संसद प्रवेशमा रोक लगाउने नै हो।’
