KhabarUjyalo

आज राजनीतिक यात्राको औपचारिक घोषणा गर्दै रवि लामिछाने

७ असार २०७९, मंगलवार
आज राजनीतिक यात्राको औपचारिक घोषणा गर्दै रवि लामिछाने

काठमाडौँ — लामो समय सञ्चारमा काम गरेर सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आज आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्ने भएका छन् ।

पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानले काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा आज दिउँसो १ बजे आफ्नो राजनीतिक यात्राबारे विस्तृत जानकारी दिने भएका हुन् ।

राजनीतिमा नयाँ पुस्ता बन्ने घोषणा गरेका लामिछानले टेलिभिजन छोडेकै दिन गत बिहीबार आज आफ्नो राजनीतिक यात्राबारे जानकारी दिने बताएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo