काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई अमेरिकाको स्टेट पार्टनशिप प्रोगाम (एसपीपी) सधाको लागि बन्द गर्न आग्रह गरेका छन् ।
सोमबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटेर उनीहरूले एसपीपीको ढोका सँधैका लागि बन्द गर्न आग्रह गरेका हुन् । भेटमा महामन्त्रीद्वय थापा र शर्माले एसपीपीमा आवश्यक धारणा बनाउन प्रतिपक्ष दलसहितको सर्वदलीय बैठक अविलम्व डाक्न माग गरेका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले पेट्रोलियम पदार्थको मूल्य आकाशिएको भन्दै यसको विकल्प खोज्न आग्रह गरेका थिए । सभापति देउवाले आवश्यक परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका थिए ।
