KhabarUjyalo

ओली भेट्न गृहमन्त्री र कानुनीमन्त्री पुगे बालकोट

३ असार २०७९, शुक्रबार
ओली भेट्न गृहमन्त्री र कानुनीमन्त्री पुगे बालकोट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुनीमन्त्री गोविन्द कोइरालाले भेट गरेका छन्।

शुक्रबार दिउँसो बालकोट पुगेर दुई मन्त्रीले ओलीसँग भेट गरेका हुन्। खाणनिकट स्रोतका अनुसार नागरिकता विधेयकमा सहमति जनाउन दुई मन्त्रीले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई जना मन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।

सरकारले मधेशी जनताको लागि समस्यामा रहेको नागरिकताको विषय समाधान गर्नेगरी नागकिरता विधेयक ल्याएको छ तर, दलहरुबीच सहमति नजुटेकोले सो विधेयक संसदमै अड्किएको छ।

नागरिकता विधेयक पास गर्न दुई तिहाइ जनमत आवश्यक पर्ने भएकोले सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको हो। ओलीसँग को भेटमा पछिल्लो राजनीतिक घटनाक्रम बारे पनि छलफल भएको बुझिएको छ।  तर वार्ताको विषय सार्वजनिक गरिएको छैन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo