काठमाडौ : चर्चित संचारकर्मी रवि लामिछानेले टेलिभिजनको पत्रकारिता छाडेर राजनीतिमा आएसङ्गै अन्य चर्चित व्यक्तित्व पनि राजनीति आउने चर्चा सुरु भएको छ । रवि लामिछाने संसदिय निर्वाचनमा काठमाडौंको कुनै एक क्षेत्रबाट उठ्ने तयारी रहेको बताईएको छ ।
रवि राजनीतिमा प्रवेश गरेसङ्गै नेपाली फिल्मका महानायक राजेश हमाल राजनीतिमा आउने चर्चा चलेको छ । राजेश हमालले भने यो बिषयमा अहिलेसम्म कुनै पनि निर्णय गरिसकेका छैनन् । हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ। हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत दिएका छन्।
यस्तै नेपाली फिल्मका कलाकार तथा क्याप्टेन बिजय लामाले पनि राजनीतिक यात्रा सुरु गर्न लागेको वुझिएको छ । औपचारिक रुपमा उनले राजनीतिमा आउने घोषणा गरेका छैनन् । प्रतिनिधि सभाको उम्मेदवारका रुपमा राजनीति यात्रा सुरु गर्ने बिजय लामाको तयारी रहेको चर्चा चलेको छ ।
तर,यीनिहरु स्वतन्त्र रुपमा आउने वा कुनै पार्टीको उम्मेदवार भएर आउने भन्ने बिषयमा अझै टुंगो लागेको छैन। रवि लामिछानेले असार ७ गते राष्ट्रिय सभा गृहमा घोषणा गर्ने बताएका छन् ।

