KhabarUjyalo

प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र : अभिभावकीय राजा राख्ने देखि र प्रदेश खारेजसम्मको माग

१ असार २०७९, बुधबार
प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र : अभिभावकीय राजा राख्ने देखि र प्रदेश खारेजसम्मको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापन बुझाएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देन सहितका राप्रपा नेताहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न र प्रदेश खारेज गर्न माग गर्दै २२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरिएको छ । संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराउन, धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गर्न पनि माग गरिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo