KhabarUjyalo

गंगा चौधरीलाई सुनेको भरमा होइन, प्रमाणसहित आउन मन्त्री झाँक्रीको चुनौती !

१ असार २०७९, बुधबार
गंगा चौधरीलाई सुनेको भरमा होइन, प्रमाणसहित आउन मन्त्री झाँक्रीको चुनौती !

काठमाडौं- शहरी विकास मन्त्री गंगा चौधरीलाई सुनेका भरमा आरोप नलगाएर प्रमाणसहित आउन चुनौती दिएकी छिन्।

संसदमा प्रश्नको जवाफ दिँदै झाँक्रीले करोडौं रकम लिएको प्रमाणित गर्न चुनौती दिएकी हुन्। उनले भनिन्, ‘बोल्नुअघि तथ्य र प्रमाणसहित आउनु अनुरोध गर्छु। सुनेका भरमा होइन, दाबी प्रमाणित गर्नेगरी आउन चुनौती दिन्छु। आरोपका लागि आरोप लगाउनेलाई प्रमाण लिएर कारबाहीको तहमा आउन चुनौती दिन्छु।’

गंगा चौधरी सत्गौवाले डिजी परिवर्तनमा मोटो रकम लिइएको, कालोसूचीमा परेको कम्पनीबाट खरिद गरिएको तथा आयोजना प्रमुख बनाउँदा पनि पैसा असुलिएको आरोप लगाउँदै स्पष्टीकरण मागेकी थिइन्। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo