KhabarUjyalo

अर्थमन्त्रीलाई फिर्ता बोलाउने माओवादीको तयारी

३० जेष्ठ २०७९, सोमबार
अर्थमन्त्रीलाई फिर्ता बोलाउने माओवादीको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले व्यवसायीसँगको मिलेमतोमा बजेट बनाएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई फिर्ता बोलाउने तयारी थालेको छ ।

पछिल्लो समय माओवादीका शीर्ष नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्थमन्त्रीको गतिविधिप्रति आपत्ति जनाउँदै फिर्ता बोलाउनुपर्ने धारणा राखेका थिए ।

पार्टीका शीर्ष नेताहरुले नै अर्थमन्त्रीको काममा प्रश्न उठाएपछि अध्यक्ष प्रचण्डले पनि यस विषयमा सोच्ने जवाफ दिएको बुझिएको छ । प्रचण्डले आइतबार अर्थमन्त्री शर्मालाई खुमलटार बोलाएर छलफल गरेको बुझिएको छ ।

बजेट निर्माणका क्रममा इन्धनबाट चल्ने गाडी आयात गर्ने व्यापारीहरुसँगको मिलेमतामा अर्थमन्त्री शर्माले विद्युतीय यातायातको साधन आयातमा कर वृद्धि गरेको आरोप लाग्ने गरेका छन् ।

अर्थमन्त्री शर्माले टाटा गाडी आयातकर्ता कम्पनी र चौधरी ग्रुप लगायतसँगको मिलेमतोमा १०० किलोवाट भन्दा बढी क्षमताकोे विद्युतीय गाडी आयातमा राजश्व बढाइएको आरोप लागेको छ । अर्थमन्त्रीसँगको मिलेमतोमा यी दुई कम्पनीले बजेट अगाडि १०० किलोवाटभन्दा कम क्षमताका धेरै गाडी भित्र्याएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo