KhabarUjyalo

नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको छ: सांसद बानियाँ

३० जेष्ठ २०७९, सोमबार
नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको छ: सांसद बानियाँ

काठमाडौँ — नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको जिकिर गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ रु यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’

एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको बताए । त्यसका लागि चलेखल भइरहेको उनको दाबी छ ।

‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं,’ उनले भने ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo