काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले शेरबहादुर देउवा पाँच प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता खतरामा परेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रावलले देउवाकै कारण देशको स्वाधिनता खतरामा परेको आरोप लगाए ।
देउवा ५औँ पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिकलगायतका सम्झौता भइरहेको बताउँदै भने, ‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा लागेको थियो । सोही समयमा महाकाली सन्धी पनि भयो ।’
उनले देउवा दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको बताउँदै रावलले प्रश्न गरे, ‘७ चोटी प्रधानमन्त्री बन्नु भयो भने कस्तो होला ?’