KhabarUjyalo

पहिले बजेट पास, त्यसपछि मन्त्री हेरफेर

२९ जेष्ठ २०७९, आईतवार
पहिले बजेट पास, त्यसपछि मन्त्री हेरफेर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट बजेट पारित गरेलगत्तै सरकारमा रहेका मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् ।
सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकालाई फेरबदल गर्न औपचारिक निर्णय गरे पनि प्रधानमन्त्री देउवाले एकैपटक गर्ने भन्दै रोक्दै आइरहेका छन् ।

देउवाले १५ जेठमा संसदमा पेस भएको आर्थिक वर्ष २०७९/८० को बजेट संसदबाट पारित भएपछि सरकारमा रहेका मन्त्री बदल्ने भन्दै सो दलका उच्च तहका नेतालाई आश्वस्त पार्दै आइरहेका छन् । हाल बजेटमाथि संसदमा विषयगत छलफल जारी छ ।

‘बजेटमाथि उठेका विषयमा बहालवाला मन्त्रीले पनि जवाफ दिनुपर्ने भएका कारण मन्त्री हेरफेर रोकिएको हो, बजेट पास भएपछि मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको योजना छ, हामीलाई प्रधानमन्त्रीले त्यसरी नै आश्वस्त बनाउनु भएको छ,’ नेकपा एकीकृत समाजवादीका एक नेताले भने । याे खबर राजधानी दैनिकमा छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo