काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।
विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताए ।
‘म तेस्रोचोटि संसद्मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्याे । उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्याे । त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास हुन्छ’, उनले संसद् बैठकमा भने, ‘७७ जिल्लामा ७७ मन्त्री बनाइदिऔँ । संविधान संशोधन गरौँ । सांसदलाई हटाइदिऔँ । त्यसो भएपछि त मन्त्री हुँदा बजेट त जानेभयो’, कर्णले आक्रोशित हुँदै भने ।
