काठमाडौं । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेका बेला सदनमा एक महिला सांसदले नै यसको विरोध गरेका छन् ।एमाले सांसद गंगा चौधरी सतगौंवाले सोमबार प्रतिनिधिसभामा सो विधेकयमाथिको छलफलमा बोल्दै मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् ।चौधरीले भावनामा बगेर कानून बनाउँन नहुने भन्दै आफूले धेरै पुरुषहरू पीडित देखेको तर उनीहरूको पक्षमा कानून नरहेको दाबीसमेत गरिन् । पूर्वसभामुख कृष्णबहादुर महरा र अभिनेता पल शाहको समेत उदाहरण दिएकी चौधरीले प्रेम सम्बन्धलाई बलात्कारको आरोप लाउने प्रवृत्तिलाई प्रश्रय दिन नहुने बताइन् ।
