KhabarUjyalo

सुदूरपश्चिम सरकारले ‘पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार’ कार्यक्रम सञ्चालन गर्ने 

२२ जेष्ठ २०७९, आईतवार
सुदूरपश्चिम सरकारले ‘पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार’ कार्यक्रम सञ्चालन गर्ने 

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै प्रदेशमा यस्तो कार्यक्रम सञ्चालन गर्ने बताए। उक्त नारासहित पर्यटन उद्योगलाई सेवामुलक व्यवसायिक व्यवस्थीत र प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। साथै निजी क्षेत्रको सहभागितामा ग्रामिण पर्यटन विकासमार्फत रोजगारी र आर्यआर्जनका लागि पहाडि जिल्लाका परम्परागत शैलीका घरलाई ‘हेरिटेज होमस्टे’का रुपमा विकास गरिने  नीति तथा कार्यक्रममा उल्लेख छ।  

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo