काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी असोज १ गते काठमाडौंमा महाधिवेशन घोषणा गरेको छ ।
पार्टीको १३औँ केन्द्रीय कमिटीको विस्तारित पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव नेत्रविक्रम चन्द्र विप्लवले महाधिवेशनको जानकारी गराएका हुन् । उनले महाधिवेशनले देशको राजनीतिलाई दिशा दिने बताएका छन् ।

