KhabarUjyalo

ओलीलाई देउवाको प्रश्न – ईपीजी प्रतिवेदन ३ वर्ष पहिले बनेको हो, त्यतिबेला किन बुझिएन ?

१४ जेष्ठ २०७९, शनिबार
ओलीलाई देउवाको प्रश्न – ईपीजी प्रतिवेदन ३ वर्ष पहिले बनेको हो, त्यतिबेला किन बुझिएन ?

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तीन वर्ष पहिले बनेको भन्दै त्यतिबेला किन नबुझेको भनेर प्रश्न गरेका छन् । ईपीजी प्रतिवेदन बुझ्न पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतपक्षी दलका नेता केपी शर्मा ओलीले गरेको कुराको जवाफमा देउवाले उक्त कुरा भनेका हुन् । सन् २०१९ मा तयार भएको ईपीजी प्रतिवेदन सरकारले किन नबुझेको भनेर ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीलाई ओलीले सोधेका थिए । त्यसको जवाफमा देउवाले भने, ‘प्रबुद्ध समूहको प्रतिवेदन तीन वर्षपहिले नै तयार भएको सबैलाई थाहा छ । त्यो प्रतिवेदन त्यतिबेला नै बुझ्नुपर्थ्यो किन बुझिएन ?’

प्रधानमन्त्री देउवाले प्रतिवेदन बुझ्ने वातावरण बनाउन सरकार लागिरहेको बताएका छन् । उनले भने, ‘तथापि उक्त प्रतिवेदन बुझ्ने वातावरण बनाउने सरकार निरन्तर क्रियाशील छ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo