KhabarUjyalo

उद्योगमन्त्री बडूले बोलेपछि संसदमा हंगामा

१३ जेष्ठ २०७९, शुक्रबार
उद्योगमन्त्री बडूले बोलेपछि संसदमा हंगामा

काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले शुक्रबारको बैठकमा हंगामा मच्चाएका छन् ।  सभामुखको अनुपतिपछि बोलेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले बोलेपछि संसदमा हंगामा मच्चिएको हो ।

बढुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा बोल्दै गरेका थिए । साे बेला बडुले प्रतिपक्षी दलका नेताले एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए ।

त्यसपछि एमाले सांसद खगराज अधिकारीले मन्त्रीको भनाइ प्रति नियम आपत्ति जनाउदै मन्त्रीले जे पायो त्यो बोल्न नहुने चेतावनी दिए ।

फेरि बोलेका मन्त्री बडूले सत्ता गुमाएको रोदन र कुण्ठा संसदमा व्यक्त गरेको बताए । त्यसपछि एमालेका सबै सांसदहरू उठेर टेवल ठोक्दै बिरोध जनाएका छन् ।

एमालेका सांसदहरुले मन्त्रीले जे पायो त्यही बोलेर संसदको गरिमा घटाएको टिप्पणी गरिरहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo