काठमाडौं । काठमाडौं महानगरमा मेयरकी प्रत्यासी सिर्जना सिंहले नगरवासीले दिएको मतलाई हार्दिकतापूर्वक स्वीकारेको बताएकी छिन्। महानगरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको जितलगत्तै प्रासम्भिक प्रतिक्रिया दिँदै सिंहले उनको जित लोकतान्त्रिक अभ्यासबाट आएकोलेले आफूले आत्मसात गर्ने बताइन्।
‘वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु,’ कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी सिंहले आभार विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘विजयी हुने गरि निस्चय नै मत जित्न सकिनँ तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकेंl अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछुl’

