KhabarUjyalo

बाजुराको बूढीगङ्गा बाहेक सबै पालिकाको नतिजा सार्वजनिक : कांग्रेसले ३२८ स्थानमा जित

१३ जेष्ठ २०७९, शुक्रबार
बाजुराको बूढीगङ्गा बाहेक सबै पालिकाको नतिजा सार्वजनिक : कांग्रेसले ३२८ स्थानमा जित

काठमाण्डाै – देशभरका ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक अरु सबैको अन्तिम नतिजा आएको छ । नेपाली कांग्रेसले ३ सय २८ पालिकामा प्रमुख पद जितेको छ । त्यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१ वटा पालिकामा प्रमुख पद जितेको छ ।

जनता समाजवादी पार्टीले ३०, नेकपा (एकीकृत समाजवादी) ले २०, लोसपाले १६, राप्रपा, जनमोर्चा, नागरिक उन्मुक्ति पाटीले ४/४, जनमत पार्टीले २, नेमकिपा, जनता प्रगतिशील, तमलोपा र विवेकशील साझाले १/१ र  स्वतन्त्रले १३ पालिकामा प्रमुख पद जितेका छन् ।

पछिल्लो पटक काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जना प्रतिनिधि चुन्न गएको वैशाख ३० गते मतदान भएको थियो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo