KhabarUjyalo

काठमाडौंको मेयरमा वालेन साह र उपमेयरमा ढंगोल विजयी

१२ जेष्ठ २०७९, बिहीबार
काठमाडौंको मेयरमा वालेन साह र उपमेयरमा ढंगोल विजयी

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन) भारी मतका विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३,४२६ मतान्तरले पराजित गर्दै काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन साह विजयी भएका हुन् ।

वालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३८ हजार ११७ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत, राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७७० मत र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै काठमाडौं महानगरको उपमेयरमा नेकपा (एमाले)की सुनिता ढंगोल भारी मतका साथ विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठलाई ४४,८०६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । सुनिताले ६८ हजार ६१२ मत प्राप्त गरिसकेकी छन्, भने रामेश्वरले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।

यसका साथै स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले १३,६९५ मत र राप्रपाकी विनिता मगैयाले १२,१४१ मत प्राप्त गरेकी छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo