KhabarUjyalo

बालेन साहले ३९ हजार मत कटाए, सिर्जना स्थापितभन्दा ५ सय १ मतले अगाडि

८ जेष्ठ २०७९, आईतवार
बालेन साहले ३९ हजार मत कटाए, सिर्जना स्थापितभन्दा ५ सय १ मतले अगाडि

काठमाण्डाै – काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मतगणना जारी छ।

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३९ हजार मत कटाउनु भएको छ ।

महानगरको १ लाख ९ हजार ५ सय ३७ मत गन्दा बालेन साहले ३९ हजार ६ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, नेपाल कांग्रेसकी र्सिजना सिंहले मतान्तर घटाउन थाल्नु भएको छ । उहाँको २२ हजार ७२ मत छ । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा पुग्नु भएको छ । उहाँले अहिलेसम्म २१ हजार ५ सय ७१ मत पाउनु भएको छ । स्थापित सिंहभन्दा ५ सय १ मतले पछाडि हुनुहुन्छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo