KhabarUjyalo

देउवाको गृहजिल्लामा पराजयपछिको हार्दिकता : हारेका र जितेकाले एकअर्कामा पहिर्‍याए फुलमाला !

३ जेष्ठ २०७९, मंगलवार
देउवाको गृहजिल्लामा पराजयपछिको हार्दिकता : हारेका र जितेकाले एकअर्कामा पहिर्‍याए फुलमाला !

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पराजयपछिको हार्दिकता चर्चा योग्य रहेको छ । सम्पन्न डडेल्धुराको अमरगढी नगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुखमा कडा प्रतिस्पर्धाबिच नेपाली काँग्रेस विजयी गरेको छ । प्रमुखमा डिल्ली राज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भईन ।

प्रमुखमा कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई कांग्रेस विपीका हरी भट्टले कडा टक्कर दिएका थिए । अन्तिमसम्म कसको कोल्टामा जित पर्ला आकलन गर्न नसकिने अवस्था थियो । थोरै मतअन्तरले जोशी निर्वाचित भए । जोशीले ३६१९ मत ल्याए। भने उनका निकट प्रतिद्वन्दी भट्टले ३४२६ मत ल्याए । यस्तै उपाध्यक्षमा झुकालले ३६७८ मत ल्याएर विजयी भइन्। भने उनकी प्रतिद्वन्दी यज्ञराज अवस्थीलले ३०८५ मत ल्याईन । अमरगढी नगरपालिकाका ११ वटा वडामध्ये वडा नम्बर ८ मा काँग्रेस विपी विजयी भयो भने अन्य सबै वडामा काँग्रेस विजयी भयो । कांग्रेस पार्टी नेतृत्वप्रती असन्तुष्ट जनाएको कर्ण मल्ल समूह जिल्लामा कांग्रेस विपी ब्युताएर पालिका र वडामा एमालेसंग चुनावी तालमेल गरेर चुनावी प्रतिस्पर्धा होमिएको थियो । जिल्लामा कांग्रेस विपीले दुई वडामात्र जित हासिल गर्‍यो ।

कडा टकराव बिच चुनावी मैदान होमिएका दुबै पार्टी भने मंगलबारको विजयी जुलुसमा भने हारेकाले जितेकालाई, जितेकाले हारेकालाई फुलको माला र अविरले रङ्गाएर विजयी जुलुस सहभागी भए । विजयी जुलुसमा सहभागी भई कांग्रेस विपीका हरी भट्टले कांग्रेसका विजयी डिल्लीराज जोशीलाई माला लगाए । जोशीले भट्टलाई माला लगाए । विजयी र पराजय बिजयी जुलुसमासंगै सहभागी भएपछि कार्यकर्तामा सद्भावको सन्देश दिएका छन् । उनीहरुले नेपाली राजनीतिमा राजनीतिक संस्कार प्रदर्शन गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo