KhabarUjyalo

९५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा

२ जेष्ठ २०७९, सोमबार
९५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा

काठमाडौ : अहिलेसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । सोमबार बिहान ८ बजेसम्म एमालेले अग्रता लिएकामा त्यसपछि लगातार नेपाली कांग्रेसले जित हासिल गरेसँगै कांग्रेस अगाडि लागेको हो ।

अहिलेसम्म कांग्रेसले ३७ पालिका प्रमुख जितिसकेको छ । एमालेले ३४ पालिका प्रमुख जितेको छ । २०७४ को निर्वाचनपछिको पहिलो शक्ति बनेको एमाले दोस्रो शक्तिमा झरेको छ ।

नेकपा माओवादी केन्द्र तेस्रो शक्तिमा स्पष्ट अगाडि देखिएको छ । माओवादीले २२ प्रमुख जित्दा नेकपा एकीकृत समाजवादीले २ प्रमुख जितेको छ । अन्य दलले भने अझैसम्म प्रमुखमा खाता खोल्न सकेका छैनन् ।

नेपाली कांग्रेसले सबैभन्दा धेरै २५६ पालिका प्रमुखमा अग्रता लिन सफल भएको छ । एमालेले १५५ पालिकामा अग्रता लिँदा माओवादी केन्द्रले ९९, नेकपा एसले १६, जनता समाजवादी पार्टी जसपाले २९, लोकतान्त्रिक समाजवादी पार्टीले १२ तथा अन्यतर्फ २६ ले अग्रता लिएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo